• आइतबार, साउन ३१ २०८३

केपी ओली रक्षात्मक भइसके : प्रचण्ड


सोमबार, माघ २६ २०७७
955
Shares

काठमाडौं । नेकपा प्रचण्ड—नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा पुगिसकेको बताएका छन्।

सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै प्रचण्डले केही दिनअगाडि दरबारमार्गमा आयोजित सभामा मुश्किलले ३५ हजार मानिस मात्रै उपस्थित रहेपछि ओली रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकै दिन पुस ५ देखि आफूहरू विरोधमा उत्रिएको उनको भनाइ थियो।

माघ २८ मा काठमाडौंमा हुने जनप्रदर्शनलाई व्यापक बनाउन प्रचण्डले आफूनिकटका शिक्षकहरूलाई आग्रह पनि गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार