काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने बताए ।
पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो ।
अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ । संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीको निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।