गोरखा । नेपाल विद्यार्थी संघ (नेविसंघ) गोरखाले भागिरथी घटनालाई लिएर मैन बत्ती जुलुस निकालेको छ ।

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया भागिरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै नेविसंघ गोरखाले सदरमुकाममा मैन बालेर जुलुस निकालेको हो ।
नेविसंघले आइतबार बेलुका बसपार्कदेखि हरमटारी चोक सम्मको हातामा मैनबत्ती बालेर हत्यारालाई खोज्न सरकारलाई दबाव दिईएको संघका अध्यक्ष सुवास अधिकारीले बताए ।

निर्मला पन्तको बलात्कार पछि हत्याको घटनालाई सरकारले बेवास्था गर्दा फेरी पनि भागिरथीको हत्या भएको भन्दै संघका अध्यक्ष अधिकारीले छानबिन गरी दोषि माथि तत्काल कारवाही गर्न माग गरेको छ ।
माघ २१ गते विद्यालय गएकी भट्टको २२ गते क्षेतविच्छेद अवस्थामा शव भेटिएको थियो । अहिले उक्त घटनाको देशव्यापी शवत्र बिरोध भईरहेको छ । यसै क्रममा नेविसंघ गोरखाले पनि मैन बालेर बिरोध जनाएको छ । प्रहरीले भने घटनाबारे छानबिन भईरहेको बताउँदै आएको छ ।