• सोमबार, साउन ११ २०८३

प्रतिनिधिसभा विघटनको विरोधमा अनेमसंघ गोरखाद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र


आइतबार, माघ २५ २०७७
585
Shares

गोरखा । अखिल नेपाल महिला संघ (अनेमसंघ) गोरखाले प्रतिनिधि सभा विघटन प्रतिगामी कदम भएको भन्दै घोर विरोध एंव भत्र्सना गरेको छ ।

प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै अनेमसंघ गोरखाले आज (आइतबार) प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईमाफर्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको हो ।

गत पौष ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानीक कदम पछि देश अस्थिरता र मुडभेडतिर गैरहेको र प्रतिगामी कदमको समर्थनमा कुनै राजनैतिक पाटी, संविधान विद, वुद्धिजीवि तथा नागरीक समाज नभएको अनेमसंघ संघर्ष समिति गोरखाका शोभा लामीछानेद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ ।

महिला नेतृ माथी पुरुष प्रहरी लगाएर दमन, ज्याती र अत्याचार गर्ने हरकतहरु बढिरहेको उक्त्र पत्रमा उल्लेख गरिएको छ । असंवैधानीक कदमका निम्ति पश्चाताप गरी राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा सुचारु गरी संविधानलाई क्रियाशिल बनाउने पक्षमा लाग्न पनि संघले अनुरोध गरेको छ ।

साथै यहि माघ २१ गते विधालयबाट घर नफर्किएकी २२ गते क्षतविक्षत अवस्थामा शव फेला परेकी बैतडी जिल्लाको दौगडा केदार गाँपालिका वडा नं. ७ की १७ वर्षीय भूमीका भट्टको हत्याको तुरुन्त छानवीन गरि दोषीमाथी कडा कार्वाहीको समेत माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार