PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनलाई व्यापक बनाउन अपिल गरेका छन्।
शनिबार कांग्रेसले गरेको प्रदर्शनपछि विज्ञप्ति जारी गर्दै देउवाले फागुन ३ मा हुने प्रदर्शनलाई व्यापक बनाउन अपिल गरेका हुन्।
प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन सभापति देउवाले आग्रह गरेका छन् ।