• सोमबार, साउन ११ २०८३

आन्दोलनकारीबाट पत्रकारमाथि हातपात


बिहिबार, माघ २२ २०७७
875
Shares


आमहड्तालको रिपोर्टिङका क्रममा महेन्द्रनगरमा पत्रकारमाथि हातपात भएको छ।

प्रचण्ड(नेपाल समूहले बिहीवार गरेको आमहड्तालको रिपोर्टिङ गरिरहेका पत्रकार मदन गिरीमाथी आन्दोलनकारीले हातपात गरेका हुन्।

आम हड्तालको रिपोर्टिङका क्रममा पूर्वमन्त्री उर्वादत्त पन्त, ईश्वरी खरेल लगायतको समूहले आफूमाथी हातपात गरेको पत्रकार गिरीले बताए।

भारतबाट आएर महेन्द्रनगरमा अलपत्र परेका मानिसहरुसँग कुराकानी गरि रहदाँ पूर्वमन्त्री पन्तसहित समूहले एक्कासी आक्रमण गरेको गिरीले बताए। आफु पत्रकार हुँ भन्दाभन्दै एक्कासी आएर आक्रमण गरेको उनको भनाइ छ ।

रिपोर्टिङका क्रममा आफूमाथि हातपात गर्ने समूहलाई कानूनी दायरामा ल्याउनु पर्ने गिरीको माग छ।

पत्रकार गिरी आर्थिक अभियानका कञ्चनपुर संवाददाता हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार