• सोमबार, साउन ११ २०८३

प्रचण्ड–माधव समुहको आमहड्तालले गोरखाको जनजिवन प्रभावित


बिहिबार, माघ २२ २०७७
610
Shares

गोरखा । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–माधव समुहले आहृवान गरेको आमहड्तालका कारणले गोरखाको जनजिवन प्रभावित बनेको छ ।

प्रदर्शनकारीहरु गोरखा सदरमुकामको बिच सडकमा बसेर यातायात अवरुद्ध गरिरहेका छन् । प्रहरीले बिच सडकबाट प्रदर्शनकारीलाई हटाउने प्रयास गरेपनि नसकेको जनाएको छ ।

गोरखा बजार आसपास क्षेत्रका स्कुल, कलेजलगायतका सम्पूर्ण सरकारी कार्यलयहरु पनि बन्द गरिएको छ । यस्तै बैङक, साना तथा घरेलु उधोग—धन्दा व्यवसायहरु पनि पूर्णरुपमा ठप्प बनेको छ । बजार क्षेत्रका पसलहरु पनि बन्द रहेको छ ।

गोरखामा हड्तालको अगुवाई गरिरहेका नेकपाका नेता यादब बस्नेतका अनुसार बन्द शान्तिपूर्ण चलिरहेको र अत्यावश्यक सवारी साधनलाई चल्न दिएको बताएका छन् ।

एम्बुलेन्स, प्रेस, स्वास्थ्यकर्मीका सवारी साधन भने चल्न दिएका छन् । तर, सर्वसाधारणलाई आन्दोलनकारीले सडकमै रोक्ने, फर्काउने गरेका छन् । हड्तालका कारण सर्वसाधारणको दैनिकी पनि कष्टपूर्ण भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार