• सोमबार, साउन ११ २०८३

आन्दोलनकारीले सडकमै खाना पकाए, सडकमै खाए


बिहिबार, माघ २२ २०७७
695
Shares

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड—नेपाल नेतृत्वको नेकपाले बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ । प्रचण्ड—माधव समूहका कार्यकर्ताले सडकमै खाना पकाएका छन् ।

कोटेश्वर चोकमा बिहानैदेखि जम्मा भएका प्रदर्शनकारीले सडकमै खाना पकाएका हुन् । प्रदर्शनकारीले कोटेश्वरको सडकमै बसेर खानासमेत खाएका थिए ।

क्याटरिङबाट भाडा ल्याएर सडकमै खाना पकाएर खाएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले बताए ।

उनका अनुसार करिव ४/५ सय मानिसले खाना खाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार