• सोमबार, साउन ११ २०८३

दमौलीमा बन्द गराउँदै हिँडेका प्रचण्ड—नेपाल समूहका १६ कार्यकर्ता पक्राउ


बिहिबार, माघ २२ २०७७
785
Shares

Modern metal handcuffs. Vector illustration in flat style

तनहुँ । दमौलामा बन्द गराउँदै हिँडेका नेकपा प्रचण्ड—नेपाल समूहका १६ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजमार्गमा अवरोध र सवारी साधन तोडफोडमा उत्रिएको भन्दै केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहित १६ जनालाई दमौलीको भोर्लेटार चोकबाट नियन्त्रणमा लिएको डीएसपी युवराज तिमिल्सिनाले बताए ।

पक्राउ पर्नेहरुमा अतिन्द्र केशरी न्यौपाने, श्रीराम कार्की, मंगल प्रसाद श्रेष्ठ लगायत छन् ।

नेतालाई पक्रने क्रममा केहीबेर धकालाधकेल भएको र बन्दकर्ताले मोटरसाइकल चलाउन समेत रोकेको डीएसपी तिमिल्सिनाले जानकारी दिए । अहिले सुरक्षा व्यवस्था मिलाएर गन्तव्यमा पुग्न चाहानेलाई स्कर्टिङको व्यवस्था गरी गन्तव्यसम्म पुर्‍याउने कार्य भइरहेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार