• आइतबार, साउन ३१ २०८३

ओलीले संविधान कुल्चिए, जनतालाई सचेत गराउन बन्द गर्नुपर्‍यो : माधव नेपाल


बिहिबार, माघ २२ २०७७
700
Shares


काठमाडौं । नेकपा प्रचण्ड—माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताएका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको छ ।

हड्तालको अनुगमनमा निस्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफूलाई निरंकुश शासकका रुपमा प्रस्तुत गरेको बताए । उनले आमहड्तालले जनतालाई कष्ट भएको भन्दै क्षमा समेत मागेको छ

‘संविधानलाई कुच्लिएकाले प्रतिवाद स्वरुप आम जनतालाई समयमै सचेत गराउन बन्द गर्नु परेको हो,’ उनले भने, ‘यसले जनतालाई दुःख कष्ट भएको छ, यसमा हामी क्षमा माग्न चाहन्छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार