• सोमबार, साउन ११ २०८३

बन्दकर्ता र मजदुरबीच झडप


बिहिबार, माघ २२ २०७७
785
Shares

काठमाडौं । बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच धरानमा सामान्य झडप भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य छ ।

धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए ।

धरानमा अहिले सार्वजनिक सवारी साधन सञ्चालनमा नरहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार