गोरखा । गोरखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड—नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेकोे छ ।

बुधबार साँझ जिल्ला सदरमुकामको हरमटारी चोकमा पुत्ला दहन गरेको हो । प्रतिनिधि सभा विघटनको बिरुद्धमा आन्दोलनमा उत्रिएको नेकपाले आज आब्हान गरेको नेपाल बन्द सफल बनाउन पुर्व सन्धामा पुत्ला दहन कार्यक्रम गरेको हो ।
नेकपाका नेता कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाएपछि प्रहरीले निभाउने प्रयास गरेको थियो । नेकपा नेता कार्यकर्ताले झुक्याएर दुइपटक सम्म पुत्ला जलाएका थिए । सो क्रममा नेकपाका नेता कार्यकर्ता र प्रहरी वीच धकेला धेकल समेत भएको थियो । प्रहरीले बल प्रयोग गरेको भन्दै उनीहरुले नाराबाजी समेत गरेका थिए ।
प्रधानमन्त्री ओली र राष्ट्रपती विद्यादेवी भण्डारी बिरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो।
भिडियो हेर्न तलको लिंकमा जानुहोस्ः