• सोमबार, साउन ११ २०८३

वडा अध्यक्ष रानाको निधन


बुधबार, माघ २१ २०७७
880
Shares

चितवनको इच्छाकामना गाउँपालिका-४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो ।

लामो समयदेखि कलेजोको रोगबाट पीडित अध्यक्ष मगरको ३८ वर्षको उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले जानकारी दिइन् । उनको शवलाई बुधबार नै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले बताइन् । रानामगरको श्रीमती र एक छोरी छन् । उनी नेपाली कांग्रेसबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार