गोरखा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जनयुद्धमा रगत बगाउने माथी धोका भएको बताएका छन् ।

पालुङटार नगरपालिका—१ खोप्लाङमा भएको काङ्ग्रेस कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले जनयुद्धमा रगत बगाउने सहीदहरु माथी धोका भएको बताए । भेलालाई सम्बोधन गर्दै ‘उ बेलामा पढ्न पर्दैन भनेर कम्युनिस्टले कापी च्यातन लगाए, कलम भाँच्न लगाए’ नेता पाण्डेले भने ‘ जनयुद्धको बेला संविधानको लागी रगत पसिना बगाउने माथी पनि धोका भएको छ ।’
नेकपा विभाजन भएको भने पनि काङ्ग्रेसको नजरमा अहिल पनि एक नै भएको उनको भनाइ छ । पुष ५ गते अघि नेकपा प्रचण्ड—नेपाल पक्ष चुप रहेको र संसद विघट पछि मात्र सडक संघर्षमा उत्रिएको उनको दाबी छ ।
काङ्ग्रेसले पहिला पनि एकलै संघर्ष गरेको थियो । र, आगमी दिनमा पनि एकल नेतृत्वमा संघर्ष गर्ने उनको भनाइ छ ।