• सोमबार, साउन ११ २०८३

संवैधानिक निकायहरुमा नियुक्ति बलमिच्याइँको पराकाष्टा : श्रेष्ठ


बुधबार, माघ २१ २०७७
740
Shares


काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक निकायमा सरकारले बुधबार गरेको नियुक्ति बलमिच्याइँको पराकाष्टा भएको बताएको छ । र, त्यसको विरोधमा भोलि बिहीबार देशब्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याँई र निरंकुशतन्त्रको पराकाष्टा भएको बताए ।

त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले भने ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमायाचना गरेका छौं ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको उनले बताए ।

हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार