• शनिबार, असोज १० २०८३

जिल्ला प्रशासनका अर्धवार्षिक समिक्षा


बुधबार, माघ २१ २०७७
600
Shares

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०७६/०७७ को अर्ध वार्षिक समिक्षा गरेको छ ।

मंगलबार एक कार्यक्रम गरी हालसम्म भए गरेका काम बारे जानकारी गराएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए । ‘हामीले के के काम गरेका छौं भन्ने कुरा आम सर्वसाधरणले जानकारी पाउनु पर्छ,’ उनले भने, ‘यस्ता कार्यक्रमबाट प्राप्त हुने सुझावले हाम्रा काम थप प्रभावकारी बनाउन मद्धत मिल्छ । गल्ती कमजोरी छन् भने सुधार्ने मौका प्राप्त हुन्छ ।’

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको नागरिकता, राहदानी, विभिन्न सिफारिसहरु, राजस्व संकलन लगायत आफ्नो क्षेत्राधिकार भित्र भएका कामहरुको प्रगती विवरण पेश गरिएको थियो ।

सो अबसरमा जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको कार्यसञ्चालन विधि पनि सार्वजानिक गरिएको छ । उक्त पुस्तकमा जिल्ला प्रशासन कार्यालयले गर्ने काम, सेवाग्राहीले ल्याउनु पर्ने कागजात, कानूनी व्यवस्था, कार्य सञ्चालन हुने स्थल लगायतका बारेमा स्पष्टसँग लेखिएको छ ।

‘अब यो पुस्तक हामीले स्थानीयका सबै जनप्रतिनिधिहरु, विभिन्न राजनितिक दल सामाजिक संघसंस्थालाई उपलब्ध गराउँछौं,’ प्रजिअ भट्टराईले भने, ‘उहाँले आफ्नो क्षेत्रका जनतालाई जिल्ला प्रशासनको सेवाप्रवाहका बारेमा सुसुचित गर्नुहुनेछ ।’ त्यसपछि सेवाग्राहीमा रहेको अन्यौलता र दुबिधाहरु हटेर जाने जिल्ला प्रशासन कार्यालयको विश्वास छ ।

कार्यक्रमा जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न सामाजिक संघसस्थाका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार