• शनिबार, असोज १० २०८३

संयुक्त आन्दोलनका लागि कांग्रेस र जसपा लगायतका दलहरुसँग वार्ता गरिरहेका छौँ: नारायणकाजी श्रेष्ठ


मंगलबार, माघ २० २०७७
785
Shares


काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि कांग्रेस र जनता समाजवादी पार्टी लगायतका दलहरुसँग वार्ता गरिरहेको जनाएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिगमनका विरुद्ध एक भएर लड्नका लागि प्रमुख दलहरुसँग वार्ता गरिरहेको बताएका हुन्।

उनले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेकपासँगै कांग्रेस र जसपा लगायतका दलहरुले संघर्ष कार्यक्रम सार्वजनिक गरेको भन्दै अब आन्दोलनलाई एकीकृत बनाएर लैजाने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार