• सोमबार, साउन ११ २०८३

निर्वाचन आयोगमा प्रचण्ड-माधव समूहद्वारा नेकपाको आधिकारिकता दाबी पेस


मंगलबार, माघ २० २०७७
695
Shares

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले मंगलबार निर्वाचन आयोग पुगेर पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेता आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गरेका हुन् ।

वरिष्ठ नेता खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्य आफूहरुसँग रहेको साथै केन्द्रीय कमिटी बैठकहरुबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी प्रस्तुत गरेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार