• आइतबार, साउन ३१ २०८३

मन्त्री थापाले नख्खु पुगेर भेटे विप्लवका नेता


मंगलबार, माघ २० २०७७
635
Shares

काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन् ।

मन्त्री थापाले मंगलबार बिहान नख्खु कारागर पुगेर नेता वलीसँग भेटवार्ता गरेको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

मन्त्री थापा खानेपानीको अनुगमनका लागि नख्खु पुगेको र सोही अवसरमा उनीहरुबीच भेटवार्ता भएको गौतमले जानकारी दिए। मन्त्री थापालाई नेता वलीले जेलमा स्वागत गरेका थिए।

वलीसँग मन्त्री थापाले केहीबेर संवाद गरेको गौतमले बताए। गौतमका अनुसार मन्त्री थापाले वलीलगायत अन्य कैदीबन्दीसँग समेत भेट गरेको बताए।

पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ताको चर्चा चलिरहेका बेला मन्त्रीले जेलमै पुगेर विप्लवका नेतालाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सरकार र समूहबीच वार्ता गराउनको लागि खानेपानी मन्त्री थापाले सक्रियता देखाइरहेका छन्।

नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको विस्फोटमा संलग्न रहेको आरोपमा २०७५ चैतको पहिलो हप्ता वली काभ्रेबाट पक्राउ परेका हुन्।

जिल्ला अदालत, ललितपुरले उनलाई १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । र, उनलाई नख्खु कारागार चलान गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार