• सोमबार, साउन ११ २०८३

संवैधानिक परिषद् बैठक स्थगित


मंगलबार, माघ २० २०७७
665
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ।

संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेपछि प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले भने, ‘२०७७ माघ २१ गते बुधबार बेलुकी ५ बजेलाई बोलाइएको संवैधानिक परिषद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ।’

६ जना रहने परिषदमा प्रतिनिधि सभा विघटन भएकोले प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष र सभामुख मात्र छन्। उपसभामुख पद रिक्त छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार