• सोमबार, साउन ११ २०८३

निर्वाचन आयोग पुगे प्रचण्ड र माधव नेपाल


मंगलबार, माघ २० २०७७
775
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता दावी गर्न प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेताको टोलीसहित अहिले निर्वाचन आयोग पुगेका छन्।

नेता लिलामणि पोखरेलका अनुसार आवश्यक कागजपत्रसहित अध्यक्षद्धयसहित स्थायी समितिका सदस्यहरु पनि आयोग पुगेका हुन् । आयोगसमक्ष पार्टीको नाम, झन्डा र सूर्य चुनाव चिह्न आफ्नो पक्षमा रहेको दावी गर्ने नेता पोखरेलले बताएका छन् ।

सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार