• सोमबार, साउन ११ २०८३

संविधान प्राप्तीका लागि संघर्ष : पन्त


मंगलबार, माघ २० २०७७
860
Shares

गोरखा । संविधान प्राप्तीका लागि नेपाली काँग्रेसले संघर्ष गरेको केन्द्रिय सदस्य कमला पन्तले बताएकी छिन् ।

गोरखामा सोमबार काँग्रेस निकट १३ वटा भातृ संघसंसथाहरुको संयुक्त आयोजनामा भएको विरोध सभालाई सम्बोधन गर्दै पन्तले प्रधानमन्त्रीले केपी शर्मा ओलीले संविधान विपरित कदम चालेकाले संघर्ष गर्नुपरेको तर्क गरिन् । ‘प्रधानमन्त्रीले संविधान मिचेर संसद विघटन गर्नुभयो’ उनले भनिन ‘हाम्रो नेतृत्वमा बनेको संविधानको कार्यान्वयन र प्रतिनिधी सभा पुर्नस्थापनाका लागि काँग्रेसको संघर्ष जारी छ ।’

संविधान सभा सदस्य समेत रहेकी पन्तले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर चुनाव घोषणाको नाटक मात्रै गरेको बताएकी छिन् । नेकपाको आन्तरिक विवादका कारण देश दुर्घटनामा फसेको तर्क गर्दै उनले ओली अधिनायकवाद तर्फ उन्मुख रहेको बताइन् । ‘ओलीले निर्वाचनको नाटक गरेर संसद विघटन गरेका हुन, कुनै हालतमा बैशाखमा चुनाव हुदैन’ पन्तले भनिन ‘नेकपाका नेताले ब्यक्तिगत स्वार्थ पूरा गर्न देश र जनताको अविश्य अन्धाकार बनाए, अब जनताले एक एक हिसाब गर्न जरुरी छ ।’

नेपाल महिला संघ गोरखाकी अध्यक्ष मनकुमारी गुरुङको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा नेपाल विधार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले ओलीको कदम विरुद्ध जनता सडकमा उत्रिनुको विकल्प नरहेको बताए । संविधानको भावना विपरित संसद विघटन गरेर ओलीले निरंकुश लाद्न खोजेको उनको आरोप छ । चुनावबाट काँग्रेस नभाग्ने बताउदै महामन्त्री तिमल्सिनाले आगामी निर्वाचनमा नेकपासंग जनताले बदला लिने बताए ।

कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य ठाकुर भट्ट, दलित संघका केन्द्रिय सदस्य इश्वर परियार, किसान संघका अध्यक्ष बासु भट्ट, भुपु सैनिक संघका अध्यक्ष डिलबहादुर थापा मगर लगायतले बोलेको नेविसंघ गोरखाका सचिव मिलनसिं बस्नेतले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार