गोरखा । सरकारले गोरखा सहित ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।
जसमा गोरखाका लागि अध्यक्षमा सुरेन्द्र बहादुर थापालाई अध्यक्ष ताेकिएकाे छ । उनि शहिद लखन गाउँपालिका ९ का स्थायी बासिन्दा हुन । त्यस्तै आयाेगकाे गोरखा जिल्ला बिज्ञ मा केराबारीका बिराज गुरुङ्ग र सदस्यमा सिरानचाेक ५ का कमल दानी क्षेत्री नियुक्त भएका छन् । उनिहरु तिनै जना नेकपा ओली समुह निकटका हुन ।
सरकारले गोरखासंगै ७७ जिल्ला अध्यक्ष र २ सदस्यगरी ७७ जिल्लामा २ सय ३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने मन्त्री डां.शिवमाया तुम्बाहाङ्फेले जानकारी दिएकी छन् ।
पद्मा अर्याल भूमि व्यवस्था मन्त्री भएकै बेला बनेको सूची नेकपा विभाजनपछि केही हेरफेर गरेर प्रचण्ड माधव नेपाल पक्षमा लागेकालाई हटाएर नयाँ सूची बनाइएको स्रोतले जनाएको छ ।
भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्य प्रायः सबै सोही जिल्लाका नेकपा नेता छन् । आयोगको अध्यक्ष र सदस्यमा महिलाको संख्या पनि उल्लेख छ । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्धितिय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने आयोगका विज्ञ सदस्य जगत देउजाले जानकारी दिए ।
