• सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीले गरे नेपालकै ठूलो ढल्केबर सबस्टेसनको उद्घाटन


सोमबार, माघ १९ २०७७
850
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको ४ सय केभी क्षमताको सबस्टेसनको उद्घाटन गरेका छन् ।

सोमबार हेलिकप्टरबाट ढल्केबर पुगेका प्रधानमन्त्री ओलीले सबस्टेसन परिसरमै रहेको २२०/१३२ केभीको अर्को सबस्टेसनको पनि उद्घाटन गरेका छन् ।

नेपालकै पहिलो ४ सय केभीको सबस्टेसन भने नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको हो । २२०/१३२ केभीको सबस्टेसन विश्व बैंकको सहुलियत ऋणमा सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

प्रधानमन्त्री ओलीसँगै ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र सहरी विकास मन्त्री प्रभु साह पनि ढल्केबरस्थित सवस्टेसनको उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । ‘राष्ट्रिय विद्युत् विकास दशक’ कार्यक्रमअन्तर्गत ढल्केबरमा जीआईएस प्रविधिमा आधारित स्वचालित ४ सय केभीको सबस्टेसन निर्माण गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार