• सोमबार, साउन ११ २०८३

कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै


सोमबार, माघ १९ २०७७
595
Shares


काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आन्दोलनका कार्यक्रमअनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् । यसैगरी फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार