• सोमबार, साउन ११ २०८३

माइतीघरको धर्नामा प्रचण्ड र माधव नेपाल सहभागी


आइतबार, माघ १८ २०७७
785
Shares


काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार