• सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीकाे कार्यक्रम मेयरद्वारा बहिस्कार


शनिबार, माघ १७ २०७७
635
Shares

k|wfgdGqL cf]nLaf6 l;6Lxn lznfGof; lrtjg, !& df3 M k|wfgdGqL s]kL zdf{ cf]nLaf6 e/tk'/ dxfgu/kflnsf–!) df lgdf{0f yflnPsf] e/tk'/ dxfgu/ l;6Lxnsf] zlgaf/ lznfGof; . t:jL/M gf/fo0f clwsf/L, /f;;

काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका-१० स्थित बाइपास सडक नजिक निर्माण भएको सिटीहलको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरेका छन् । आफ्नै महानगरमा बनेको सिटीहल शिलान्यास गर्ने प्रधानमन्त्रीको कार्यक्रम मेयर रेणु दाहालले बहिस्कार गरेकी छन् । मेयर दाहालले महानगरसँग समन्वय नगरी हलको शिलान्यास गरिएकाले आफू उपस्थित नभएको बताएकी छन् । 

शिलान्यास कार्यक्रममा संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, शहरी विकासमन्त्री प्रभु साह र वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहभागी थिए । 

सिटीहलमा अडिटोरियम ब्लकमा दुई हजार मान्छे अट्ने सुविधासम्पन्‍न सभाहल हुनेछ । सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाममा ल्याएको थियो । जग्गामा सिटीहल निर्माण थालिएको र त्यसको व्यवस्थापन निर्माणपछि भरतपुर महानगरले गर्ने भएपनि शिलान्यास कार्यक्रम मेयर दाहालले बहिस्कार गरेकी हुन् ।  

शहरी विकास मन्त्रालयले आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले ताम्रपत्र अनावरणसमेत गरेका थिए । 

सिटीहल निर्माणका लागि संघीय सरकारअन्तर्गतको शहरी विकास डिभिजन कार्यालय चितवन र इन्डो सगुन रौताहा जेभी रुपन्देहीबीच सम्झौता भएको छ । चार बिघा चार कट्ठा जग्गामा सिटीहल निर्माण गर्न लागिएको हो ।

शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार ३०० क्षमताको कन्फरेन्स हल, विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष, दुईवटा भर्‍याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष हलमा रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनले जानकारी दिए ।

सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्यान्ड, बगैँचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार