• सोमबार, साउन ११ २०८३

नेकपाको आधिकारिकताबारे कुनै पनि निर्णय भएको छैन : निर्वाचन आयोग


शुक्रबार, माघ १६ २०७७
850
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपाको आधिकारिकताबारे कुनै पनि निर्णय नभएको जनाएको छ ।

शुक्रबार (आज) केपी शर्मा ओली समूहको नेताहरुसँग छलफल गरेपछि निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेलले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएकी हुन् ।

आयुक्त पौडेलले प्रचण्डा–नेपाल र ओली दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको बताएकी हुन् । उनका अनुसार दुवै पक्षले आफूले गरेको निर्णय अध्यावधिक गर्न भनेको तर, आयोगले भने आधिकारिकताबारे कुनै निर्णय गरेको छैन ।

आयोगका नजरमा अहिले पनि नेकपा एउटै रहेको आयुक्त पौडेलले बताइन् ।

उनले नेकपाको अहिलेको विवादलाई दाजुभाईले झगडा गरेको तर अदालतमा अंशमुद्दा नहालेजस्तो भएको बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार