• सोमबार, साउन ११ २०८३

सहिदको सपना साकार पार्न सरकार क्रियाशील छः प्रधानमन्त्री ओली


शुक्रबार, माघ १६ २०७७
1.2K
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्।

सहिद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित सहिद स्मारकमा ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले सहिदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताए।

सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, जनप्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, जनसाधारणलगायतको सहभागिता थियो।

सभाअघि रत्नपार्क शान्ति वाटिकामा भेला भई बाजागाजासहित लैनचौरसम्म प्रभातफेरी गरिएको थियो। कार्यक्रममा नेपाली सेनाको टुकडीले सहिदप्रति सलामी चढाएको थियो।

राणाशासनविरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगलाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड दिइएको स्मरण गर्दै सहिद दिवस मनाउने गरिएको छ।

राणाशासकले शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु पचलीस्थित खरीबोट, र धर्मभक्त माथेमालाई सिफल तथा माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए चार सहिदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार