• सोमबार, साउन ११ २०८३

आयोगले नेकपा आधिकारिकता विवादको टुंगो लगाइसक्यो : नेम्वाङ


शुक्रबार, माघ १६ २०७७
715
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका नेकपाका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादको आधिकारिकताको टुंगो लगाइसकेको बताएका छन्।

निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले निर्वचान आयोगले नेकपाको आधिकारिकता समूह कुन हो भनेर टुंगो लगाइसकेको बताएका हुन्।

उनले आयोगले आधिकारिकता विवाद टुंगाएको बताए पनि को आधिकारिक भन्ने चाहिँ खुलाएनन्।

उनले प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा अदालतले अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरिसकेको बताए। उनले अदालतको अन्तिम फैसलाबाहेक अन्य कुराले निर्वाचनलाई नरोक्ने बताए।

उनले निर्वाचान आयोगले निर्वाचनका लागि प्रयाप्त समय रहेको र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी तयारी अगाडि बढेको जनाकारी दिएको बताए।

निर्वाचनसमम्बन्धी प्रायोजनका लागि आयोगले शुक्रबार नेकपाको दुवै समूहलाई छलफलका लागि बोलाएको थियो।

प्रचण्ड–नेपाल समूहले भने आयोग पुगेर दुबै अध्यक्ष उपत्यकाबाहिर रहेको र माघ १८ गतेसम्म व्यस्त रहेका कारण त्यसपछिको समय मिलाउन आग्रह गरेको छ।

प्रचण्ड नेपाल समूह फर्किएपछि आयोग पुगेको प्रधानमन्त्री ओली समूहले पनि आयोगका पदाधिकारीसँग छलफल गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार