काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नपाली कांग्रेस र तत्कालीन नेकपा एमाले परिवर्तनको सहभयोगी मात्रै भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले माओवादी जनयुद्ध, मधेस विद्रोहरआन्दोलन, जनजाति र थारू विद्रोह, दलित आन्दोलन, नागरिक आन्दोलन नै अग्रगामी परिवर्तनका मुख्य वाहक भएको दावी गरेका हुन्।
डा.भट्टराईले परिवर्तनको वहाक भएकै कारण अहिले ओलीप्रतिगमन विरूद्ध मोर्चा कस्ने र प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्ने दायित्व पनि उनीहरुकै भएको बताएका छन्।