• शनिबार, असोज १० २०८३

प्रचण्ड—नेपाल तीन महिनामा नागरिक समाज हुन्छन् : प्रधानमन्त्री


बिहिबार, माघ १५ २०७७
970
Shares


काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई तीन महिनामा नागरिक समाजका अगुवा बनाउने बताएका छन्।

प्रचण्ड र नेपालले पार्टी चलाउन नसक्ने उनको टिप्पणी छ।

आज नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले ओलीले प्रचण्ड—नेपाल तीन महिनामा नागरिक समाज हुने बताए।

प्रचण्ड—नेपाललाई नागरिक समाजका सम्मानित व्यक्तित्व बनाएर राख्नुपर्ने ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर ठिक गरेको पनि दाबी गरेका छन्।

उनले अस्थिरता रोकेको पनि बताए। अबको चुनावबाट देशभक्तिलाई जनताले जिताउने उनको दाबी थियो।

चुनावमा जान प्रचण्डनेपाल डराएको र चुनावदेखि आत्तिएको ओलीको आरोप छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार