• सोमबार, साउन ११ २०८३

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलमा बोलायो


बिहिबार, माघ १५ २०७७
630
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई छुट्टाछुट्टै पत्र लेखी छलफलमा सहभागी हुन पत्र पठाएको हो ।

दुवै समूहका अध्यक्ष आफैं वा निजले तोकेका आधिकारिक ५ जना व्यक्तिलाई आयोगले शुक्रबार दिउँसो साढे ११ बजे बोलाएको हो ।

आयोजका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षलाई निर्वाचन प्रयोजन र प्रक्रियाका लागि बोलाएको हो । शुक्रबार नेकपाको विभाजनसम्बन्धी पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णसँगै नेकपामा ओली र प्रचण्ड—माधव समुहका गतिविधि फरक फरक ढंगले चल्दै आएका छन् । राजनीतिक र व्यवहारिक रुपमा फुटिसकेको नेकपालाई आयोगले भने मान्यता दिएको छैन ।

नेकपाका दुवै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो । त्यसपछि नेकपा विवाद थप पेचिलो हुदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार