• आइतबार, साउन ३१ २०८३

प्रचण्ड–नेपाल पक्षले माघ २८ को प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने


बिहिबार, माघ १५ २०७७
595
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेत सहभागी रहेको बैठकले २८ गतेको प्रदर्शनलाई यसअघि भएका प्रदर्शनभन्दा बृहत बनाउने निर्णय गरेको हो।

यसअघि प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध माघ ९ गते नेकपाले काठमाडौँ उपत्यकामा विशाल विरोध सभा गरेको थियो।

बैठकमा अध्यक्षद्वयले संविधान भत्काएर ओलीले चाल्ने जुनसुकै तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार