• सोमबार, साउन ११ २०८३

मापदण्ड विपरीत प्रदेश २ का मन्त्रीले लगाए कोरोनावरुद्धको खोप


बुधबार, माघ १४ २०७७
770
Shares


काठमाडौं। सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

बुधबारदेखि सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा फ्रन्टलाइनलाई खोप दिने सरकारी मापदण्ड छ । त्यसअनुसार अधिकांश ठाउँमा फ्रन्टलाइनरले खोप लगाए ।

तर प्रदेश २ को राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पहिलो खोप फ्रन्टलाइनको साटो मन्त्रीले लगाएका छन् ।

प्रदेशका आन्तरिक मामिलामन्त्री यादवले पहिलो खोप लगाएका छन् । कोरोना खोपलाई लिएर अफवाह समेत रहेकाले त्यसलाई चिर्न आफूले खोप लगाएको मन्त्रीको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार