{"caption":"u0924u0938u094du092cu093fu0930 : u0907u0932u093fu091f u091cu094bu0936u0940","photographer":"","alt_text":""}
काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डलाई एकैतिर फर्काइदिने बताएका छन् । बुधबार नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्दै गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताएका हुन् ।

‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ,’ गौतमले भने ।
आफ्नो अभियानमा दाहाल र ओलीले ‘म जान्नँ’ भन्न नसक्ने अवस्था नहुने उनले बताए । यदि पार्टी एकीकरणबाट विमुख भए ओली र दाहाल सैनिकबिनाको सेनापतिजस्तो हुने पनि गौतमले बताए । यदि वैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका छन् ।
त्यस्तै पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्कमल दाहालको बराबर जिम्मेवार रहेको बताएका छन् । पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको यस्तो अवस्था आएको पनि उनले बताए ।
प्रतिनिधिसभा भंगपछि भएको क्षतिको कुरा एउटा हो तर हाम्रो पार्टीको विभाजन भएर यो अवस्था आउनुमा दुवै नेता बराबर जिम्मेवार रहेको उनको भनाइ छ ।