• सोमबार, साउन ११ २०८३

तीन महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोनाविरुद्धको खोप पाउँछन् : प्रधानमन्त्री


बुधबार, माघ १४ २०७७
640
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए ।

कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले करिब तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने बताएका छन् ।

प्रधानमन्त्रीले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि सावधानी भने अपनाइरहनुपर्ने बताए। उनले पूर्ण रुपमा कोरोना नियन्त्रण नभएसम्म मास्क लगाउने हात धुने र सामाजिक दूरी कायम राख्नुपर्ने बताए ।

कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ ।

नेपालले कोरोनाविरुद्ध ‘कोभिशिल्ड’ खोप प्रयोगमा ल्याएको हो । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । उनले भारतबाट किनेर पनि खोप ल्याइने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार