• शनिबार, असोज १० २०८३

माधव नेपाल र अमेरिकी राजदूतबिच भेटवार्ता


बुधबार, माघ १४ २०७७
760
Shares

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अमेरिकी राजदूत र्‍यान्डी बेरी आज (बुधबार) बिहान कोटेश्वर पुगेका छन्।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार राजदूत बेरी नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनैको निवासमा पुगेका हुन्।

बिहान ९ बजे सुरु भएको भेटवार्ता अहिलेसम्म जारी रहेकाले विषयवस्तु खुलिनसकेको नेकपाको विदेश विभागका उपप्रमुखसमेत रहेका रिजालले जानकारी दिए ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चलिरहेका बेला अमेरिकी राजदूत बेरी आन्दोलनरत पक्षकै नेता भेट्न पुगेका हुन्। उता अमेरिकामा पनि भर्खरै जो बाइडेनले राष्ट्रपति पद सम्हालेका छन्।

यसअघि अमेरिकी राजदूत बेरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार