• शनिबार, असोज १० २०८३

अमेरिकी राजदूत बेरीद्वारा भेटघाटमा तीव्रता, राष्ट्रपति भण्डारीलाई पनि भेटे


मंगलबार, माघ १३ २०७७
695
Shares


काठमाडौं । अमेरिकी राजदूत रेन्डी बेरीले नेपालको शीर्ष नेतृत्वलाई भेट्ने क्रममा आज मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

अमेरिकामा नयाँ राष्ट्रपतिले कार्यभार सम्हालेपछि सो मुलुकको नयाँ नेतृत्वको सन्देश राष्ट्रपति भण्डारीलाई दिन आफूले भेट गरेको उनले बताएका छन्।

राष्ट्रपति भण्डारीसँगको भेटमा अमेरिकाका नयाँ प्रशासनले आफ्नै देशभित्र र अन्यत्रसमेत प्रजातन्त्रको सुदृढिकरण गर्न र महिला तथा बालबालिकाको अधिकारका लागि कसरी थप सशक्तताका साथ काम गर्नेछ भन्ने सन्देश दिएको उनले बताएका छन्।

उनले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेर अमेरिकाको नयाँ प्रशासनले अवलम्बन गर्ने नीति र प्राथमिकताबारे जानकारी गराएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार