• शनिबार, असोज १० २०८३

अमेरिकी राजदूत र प्रचण्डबिच भेटर्वाता


सोमबार, माघ १२ २०७७
725
Shares


काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड—नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।

अमेरिकामा जनवरी २० मा जो बाइडेन नयाँ राष्ट्रपति बनेपछि नेपालस्थित अमेरिकी दूतले भेटघाट बढाएका हुन्।

सोमबार बिहान खुमलटारमा प्रचण्डसँगको भेटमा आफूले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुझ्न र संसारभरि महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहोर्‍याएको राजदूत बेरीले बताएका छन्।

यसअघि राजदूत बेरीले माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरे बाइडेन प्रशासनका प्राथमिकताबारे बताएका थिए।

यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पहिलो प्राथमिकतामा राख्दै जलवायु परिवर्तन लगायत मुद्दालाई पन्छाएका थिए। नयाँ राष्ट्रपति बाइडेनले भने अमेरिकालाई फेरि पेरिस क्लाइमेट सम्झौतामा जोड्ने निर्णय गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार