• आइतबार, साउन ३१ २०८३

प्रधानमन्त्री ओलीद्वारा पशुपतिमा विशेष पूजा


सोमबार, माघ १२ २०७७
760
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) बिहान पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्प गर्दै विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन्।

पत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिए। त्यसक्रममा ओलीले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका छन्।

पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशनसमेत दिएका छन्। कार्यक्रममा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल लगायतको सहभागिता थियो।

पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा।मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए। विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले ओलीलाई टीका र प्रसाद प्रदान गरेका छन्। मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी भएका कोषले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार