• आइतबार, साउन ३१ २०८३

गोरखा क्षेत्र नं. २ का कांग्रेसले अब रुख बाहेक अन्यत्र भोट हाल्नुपर्दैन : नेता पाण्डे


आइतबार, माघ ११ २०७७
645
Shares

गोरखा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखाको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसले रुख बाहेक अन्यत्र भोट हाल्नु पर्ने अवस्था नआउने बताएका छन् । यस अघिको निर्वाचनमा बाबुराम भट्टराईलाई भोट हाल्नुपर्दा कार्यकर्ता दुःखी भएको नेता पाण्डेले बताएका छन् ।

प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दौ अब हुने जुनसुकै निर्वाचमा गोरखा क्षेत्र नं. २ मा कांग्रेसका कार्यकर्ताले रुख बाहेक अन्य चिन्हमा भोट हाल्नु नपर्ने नेता पाण्डेको भनाइ छ । एक साता यता गोरखा २ को बिभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी बनेर फर्किएका नेता पाण्डेले कांग्रेसलाई सत्ताको लोभ नभएकाले कसैले फकाउदैमा नवहकिने स्पष्ट परेका छन् ।

संसद बिघटन गर्नुमा प्रधानमन्त्री भएका कारण केपी ओली केही बढी दोषी भए पनि प्रचण्ड—माधव समूह अछुत नरहेको उनले दावी गरेका छन् ।प्रधानमन्त्री ओलीको निरङ्कुशता, भष्ट्राचार, बिरुद्ध कांग्रेसले लामो समय देखि निरन्तर आन्दोलन गरिरहेको बताउँदै नेता पाण्डेले आफु माथि प्रहार भएपछि मात्रै प्रचण्ड–माधव पक्षधर झस्किएकाले संसद बिघटनको मतियार सिङ्गो नेकपा रहेको टिप्पणी गरेका छन् ।

केपी ओलीको असंवैधानीक कदम बिरुद्ध अहिले आन्दोलन गर्नेहरु पुस ५ अघि कहाँ थिए रु उनले प्रश्न गरेका छन् । संसद बिघटनको मुद्धा सर्वोच्च अदालतमा विचराधिन भएकाले अदालतलाई नङग्याउने विश्वास घटाउने चेष्टा नर्गन समेत नेता पाण्डेले अपिल गरेका छन् । संसद बिघटन संविधान बिपरित हो भन्ने कांग्रेसको ठहर छ । तर, सर्वोच्चको फैसला मान्न कांग्रेस तयार रहेको पाण्डेले जानकारी दिए ।

नेकपाको दुबै गुट कांग्रेसलाई साथ लिन तछाड मछाड गरिरहेको बताउँदै तत्काल कुनै पनि पक्षसँग सहकार्य गर्नु कांग्रेसलाई आवश्यक नरहेको उनले बताए । कांग्रेसले यस अघिका आन्दोलन पनि एक्लैले नेतृत्व गरेको पाण्डेले स्मरण गराए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार