गोरखा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले कम्युनिष्टहरुले सधै सत्ता र शक्तिको दुरुपयोग गर्ने गरेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस बारपाक सुलिकोट गाउँपालिकाले वडा नम्बर ५ ताकुमाझ लाकुरीबोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता स्वार्थले देश बबार्द बन्नु नहुने बताए । अहिलेको जनादेशको सम्मान गर्दै नेकपाका जुनसुकै गुटले बोलाए पनि काँग्रेस सत्ताका लागि लालायित नभएको उनको भनाई छ ।

प्रतिनिधि सभा विघटनको विषय अहिले सर्वोच्च अदालतमा बिचाराधिन रहेकाले अदालतको फैसला अनुसार नै काँग्रेसले आफ्नो रणनीति तय गर्ने उनले बताए । काँग्रेस अहिले जनतालाई जागरण गराउने अभियानमा रहेको भन्दै उनले गोरखामा पनि सोही अनुसार कार्यक्रमहरु भइरहेको जानकारी दिए ।

नेपाली काँग्रेस बारपाक सुलिकोट गाउँपालिका ५ ताकुमाझ लाकुरीबोटका सभापती नरहरी वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, जनजाती महासंघका अध्यक्ष जगत बराम, महाधिवेसन प्रतिनिधि ओम गुरुङ, क्षेत्रिय सचिव मानप्रसाद धिताल, जिल्ला सदस्य सि पी पोखरेल, महिला संघकी जिल्ला सहसचिव सपना पुन, परामर्श समितिका सदस्य राजु थापा महिला संघकी गोरखा नगर कोसाध्यक्ष गोमा दुवाडी लगायतले मन्तव्य राखेका थिए ।