• सोमबार, साउन ११ २०८३

गण्डकी प्रदेशमा पहिलो चरणमै चुनाव हुन्छ : ओली


शनिबार, माघ १० २०७७
1.1K
Shares

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष हुने बताएका छन् । सशस्त्र प्रहरीको २० औँ स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने निर्वाचन निष्पक्ष हुने दाबी गरेका हुन् ।  

‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ,’ उनले भने, ‘पहिलो चरणमा गण्डकी सहित प्रदेश २, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुन्छ ।’  (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार