गोरखा । नेपाली काँग्रेस गोरखाले बिरोध प्रर्दशनलाई गाउँगाउँ पु¥याएको छ । बिहीबार विभिन्न स्थानीय तहका वडाहरुमा प्रतिनिधि सभा विघटनको बिरोधमा प्रर्दशन गरिएको नेपाली काँग्रेस गोरखाले जनाएको छ ।
गोरखा नगरपालिकाको १४ वटै वडामा वडा बिरोध प्रदर्शन भएको छ । उक्त कार्यक्रमलाई केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, महासमिति सदस्य राजनराज पन्त, भुगोल थापा, नगरसभापती चन्दनबाबु खत्री लगायतका नेताहरुले सभालाई संवोधन गरेका थिए ।

यसैगरी पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट, भीमसेन थापा, शहिद लखन, गण्डकी र आरुघाट गाउँपालिकाका सबै वडामा विरोध प्रर्दशन भएको नेपाली काँग्रेस गोरखाले जनाएको छ । उक्त कार्यक्रममा केन्द्रिय, जिल्ला, क्षेत्र, पालिका स्तरका नेता कार्यकताले संबोधन गरेका थिए ।
धार्चे र चुमनुब्री गाउँपालिकाको भने केही ठाउँमा मात्र कार्यक्रम भएको छ । बढि चिसो हुने र हिमपात भएका वडाहरुमा बिरोध कार्यक्रम नगरिएको नेपाली काँग्रेस गोरखाले जनाएको छ ।
संसद विघटनको विरोधमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा बिहीबार विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।
नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।