• सोमबार, साउन ११ २०८३

गण्डकीमा नयाँ सरकार बन्‍ने अवस्था आए कांग्रेसले निर्णय गर्ने


बिहिबार, माघ ८ २०७७
695
Shares

पोखरा । गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलले प्रदेश सरकार फेरबदलका लागि तत्काल कुनै कदम नचाल्ने जनाएको छ ।

अहिले सत्तारुढ नेकपाको फुटले औपचारिकता नपाएको भन्दै कांग्रेसले तत्काल कसैले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा सहभागीता नजाउने भएको हो । यस्तै प्रतिक्रिया जनता समाजवादी पार्टीका सांसदले पनि दिएका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले तत्काल सरकार फेरबदलमा लाग्दा राजनीतिक अस्थिरता निम्तिनाले नेकपा विधिवत फुटेपछि मात्रै के कदम चाल्ने भन्ने निर्णय हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

कांग्रेस सांसद तथा प्रदेशसभाको सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले अहिलेकै अवस्थामा पनि गण्डकी सरकार अल्पमतमा रहेकाले मुख्यमन्त्री आफैले विश्वासको मत लिनुपर्ने अवस्था रहने र नयाँ सरकार बन्ने बेला बल्ल कांग्रेसले निर्णय गर्ने बताए ।

जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले प्रधानमन्त्री केपी ओलीको कदम संवैधानिक कु भएकाले उक्त कदमको समर्थन गर्ने समूहलाई समर्थन नगर्ने स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार