• आइतबार, साउन ३१ २०८३

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई


बिहिबार, माघ ८ २०७७
640
Shares

काठमाडौं । अमेरिकाका नवनियुक्त राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियरलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन्।

ओलीले ट्वीटमार्फत बाइडेनलाई बधाई तथा शुभकामना दिँदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने विश्वास समेत व्यक्त गरेका छन्।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई दिएकी छन्। भण्डारीले बाइडेनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध मजबुत हुने नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडनले नेपाली समयअनुसार बुधबार राति सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसबाट बाइबललाई साक्षी राखेर सपथ लिएका थिए। बाइडेनले शपथ लिँदा एक सय २८ वर्ष पुरानो बाइबल छोएर सपथ ग्रहण गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार