• सोमबार, साउन ११ २०८३

संसद विघटनविरुद्ध गोरखामा जसपाले गर्यो विरोध प्रदर्शन


बिहिबार, माघ ८ २०७७
645
Shares


गोरखा । संसद विघटनविरुद्ध जनता समाजबादी पार्टी (जसपा) गोरखाले सदरमुकाममा विरोध प्रर्दशन गरेको छ ।

संसद विघटन विरुद्धको दोस्रोचरणको आन्दोलन अन्तर्गत जसपा गोरखाले सदरमुकाममा विरोध कार्यक्रम आयोजना गरेको हो ।

जसपा गोरखाले पार्टी कार्यालय रहेको लोकतान्त्रिक चोकबाट र्‍याली गर्दै नगरको विभिन्न भागको परिक्रमा गरी पुनःलोकतान्त्रिक चोकमा आएर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रिय प्रचार बिभाग प्रमुख डम्बर खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र शाहकै शैलिमा अगाडी बढेको आरोप लगाए ।

केपी ओली जनताको बहुदलिय जनबादबाट पछी हटी सकेको नेता खतिवडाको भनाइ छ ।नेता खतिवडाले ओलीलाई कार्यालयमा पुस्पलाल र मदन भण्डारीको फोटो हटाएर ज्ञानेन्द्रको फोटो राख्न सुझाव दिएका छन्।

जसपा गोरखाका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य राजेन्द्र खनाल र पार्टीका जिल्ला उपाध्यक्ष शान्ता न्यौपानेले लगायतले पनि कोण सभालाई गर्नुभएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार