• सोमबार, साउन ११ २०८३

संसद विघटन मुद्दा : बहस गर्न समय तोकियो


बुधबार, माघ ७ २०७७
635
Shares


काठमाडौं । संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई समय तोकिएको छ । प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिएका हुन् ।

रिटमाथि अहिले वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बहस गरिरहेका छन्।अधिवक्ता ज्ञवालीले बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले आधा घण्टा समय निर्धारण गरिएको जानकारी गराएका हुन्।

वरिष्ठ अधिवक्ता ज्ञवालीले भने १ घण्टा समय दिन माग गरेर बहस सुरु गरे ।

बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको छ ।

यसअघि अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे । एउटै अधिवक्ताले लामो समयसम्म बहस गर्दा संसद विघटनको मुद्दा फैसलामा ढिलाइ हुने चिन्ता व्यक्त गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार