• सोमबार, साउन ११ २०८३

प्रदेश सांसद दवाडीले तलब भत्ता सामाजिक काममा लगाए


मंगलबार, माघ ६ २०७७
625
Shares

काठमाडौं । गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो तलब भत्ता सामाजिक काममा लगाएका छन् । सांसद दवाडीले चालु आर्थिक वर्षमा आफ्नो तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाएका हुन् ।

प्रदेशसभा सदस्यको सपथ लिएकै दिन दवाडीले सेवा सुविधावापत पाउने रकम आफ्नो परिवारका लागि उपयोग नगर्ने, सामाजिक काममा लगाउने घोषणा गरेका थिए ।

निर्वाचित भएको वर्ष १२ लाख, पछिल्लो वर्ष १० लाख रुपैयाँ सामाजिक काममा लगाएका उनले २०७६ पुसदेखि २०७७ पुससम्म ९ लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई सहयोग गरेको जानकारी दिएका छन् ।

आफ्नो सेवा सुविधामा पाएको रकममा व्यक्तिगत रकम थप गरेर सहयोग गर्दै आएको दवाडीले बताए । उनले आफूले निर्वाचन क्षेत्रका नागरिकको स्वास्थ्य उपचार, विकास निर्माण, शिक्षा र कृषिजस्ता विषयमा सहयोग केन्द्रित गरेको बताए ।

‘कोही बिरामी हुँदा अस्पताल पुगेको छु, कतै बाटो नहुँदा डोजर लिएर पुगेको छु, कुनै क्लब र आमा समूहलाई गाह्रो पर्दा नपुगेको ठाउँ छैन, स्कुलका बाबुनानीको किताब र कापीका पानादेखि किसानको खेतबारीसम्म आफ्नो सामथ्र्यले भेटेसम्म सघाएको सांसद दवाडीको भनाइ छ ।

गोरखा क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित सांसद दवाडी हाल गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रवक्ता छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार